काठमाण्डाै,१२ असार ।
आज पनि लुम्बिनीसहित पाँच प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् विनु महर्जनका अनुसार दिउँसो कोशी र बाग्मती तथा राति लुम्बिनी,गण्डकी,सुदूरपश्चिम र कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।

बिहान काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । माैसमविद् विनु महर्जनका अनुसार दिउँसो र बेलुका देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

यस्तै, आज मध्य र पूर्वी तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान गरिएको छ । ठूलो वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले यसबाट हुन सक्ने जोखिम रोकथामका लागि सचेत हुन मौसमविद्को आग्रह छ । खेतीपातीको काम गर्दा, यात्रा र पर्वतारोहणमा निस्कँदा मौसमको जानकारी लिन मौसमविद्ले सुझाव दिएका छन् ।