अख्तियारको काम कामकारबाही बारे प्रश्न
काठमाडौं,११ असार ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरी बारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै क्रममा कांग्रेस नेता पौडेलले जलहरीमा भ्रष्टाचार भएको भन्ने आरोप गम्भीर विषय भएकाले छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताए ।
पौडेलले अख्तियारको अनुसन्धान प्रक्रियामा समेत प्रश्न उठाएका छन् । ‘उजुरी परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गर्न लागेको छ । महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयमा यति ढिलो छानविन किन ग¥यो ?’ अख्तियारको काम कामकारबाही बारे प्रश्न गरे ।
जलहरी राख्ने तत्कालीन सरकारले गरेको निर्णय जस्तै भावी दिनमा अरु सरकारले निर्णय गर्न पाउने कि नपाउने भनि यो प्रकरणले प्रश्न उठाएको पौडेलले बताए ।
धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचारको विषय जोडिँदा संसार सामू नेपाली शीर निहुरिएको उनको भनाई थियो ।






