काठमाण्डाै,११ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेकाे छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ढकालविरुद्ध आज सोमवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
ढकालले एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसा गैरकानुनीरूपमा आर्जन गरेको र त्याे रकमको स्रोत नखुलेका कारण मुद्दा दर्ता गरेकाे अख्तियारले जनाएकाे छ । ढकालकाे कुल सम्पत्ति सात करोड ८४ लाख पाँच हजार ९४ रुपैयाँ रहेको र त्याे रकममा एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ ७१ पैसाको स्रोत खुल्न नसकेकोले अख्तियारले त्यही रकम बराबरको बिगो दाबी गरेकाे छ ।
ढकाल २०७४ साउन ३२ देखि २०७९ साल जेठ ३० गतेसम्म पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव थिए ।






