काठमाण्डाै,२ असार ।
राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा समस्या देखिएपछि पुनः अस्पताल भर्ना भएका छन् ।
गएराति २ बजेदेखि उनलाई असहज भएको र बिहान ५ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको राष्ट्रपतिको निजि सचिवालयले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार अहिले उनको उपचार भैरहेको छ । गएको मंगलबार पनि अचानक छाती दुखेपछि राष्ट्रपति पौडेलको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारपछि बुधबार डिस्चार्ज भएका थिए ।