काठमाडौं,३२ जेठ ।
भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ ।
महानगरको शिक्षा विभाग अधिकारीहरुसहित मेलास्थल भृकुटीमण्डप पुगेका महानगरका प्रहरीहरुले त्यहाँ रहेका स्टल हटाइ दिएका हुन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले
प्रक्रिया पूरा नगरी मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
परीक्षाको नतिजा नआउदै स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य गरेकाेले मेला सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ ।
नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएको महानगरको दाबी छ ।
कान्तिपुर पब्लिकेसनसमेत आयोजक रहेको मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए ।







