नवलपरासी,२८ जेठ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका–३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका–२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् । प्रहरीका अनुसार गर्मी छल्न भन्दै उनीहरु नदीमा नुहाउन गएका थिए । बेपत्ता भएकाहरूकाे खोजी भइरहेको प्रहरीले जनाएको छ ।