काठमाडौं,२६ जेठ ।
नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पशुपति मन्दिरको जलहरीकाे बिषयमा सांसदले उठाएका प्रश्न संसदको रेकर्डवाट हटाएकोमा आपत्ति जनाएका छन् ।
उनलेे संसदमा उठाइएका प्रश्न रेकर्डवाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताए ।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडाले जलहरी प्रकरण सांसदमा प्रश्न उठेको तर पछि हटाएको भन्दै आपत्ति जनाएका हुन् ।‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट हटने छैन् ।’






