काठमाडौं,२३ जेठ ।
राष्ट्रिय सभाकाे बैठक भाेली बुधबारसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि बाेलाइएकाे बैठक बिशेश कारण जनाउँदै स्थगित गरिदिएका हुन् ।

अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा जनाइएको छ ।

राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची रहेको थियो ।