काठमाडौँ,१९ जेठ ।
कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको हो ।
जसका लागि आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।






