चितवन,१७ जेठ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको मृत्यु गएको छ ।
ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाग्मती प्रदेश ०३–००१ ख १८६३ नम्बरको ट्रकले गएराति साइकल यात्री पाण्डेलाई ठक्कर दिएको हो ।






