काठमाण्डौ,१७ जेठ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रा.लि,सहित २३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
ती निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई एक वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
कालो सूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिमा सार्वजनिक निकायको कुनै पनि खरिदमा भाग लिन पाउने छैनन् ।
कलेज अफ इम्प्लोइमेन्ट प्रा.लि भरतपुर चितवनलाई ३ वर्ष र पप्पु/कोशी एन्ड न्यौपाने जे.भी, पप्पु कन्स्ट्रक्सन प्रा.लि, कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रा.लिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ ।
अरु विभिन्न निर्माण सेवा तथा कम्पनी एक वर्षदेखि डेढ वर्ष सम्मका लागि कालो सूचीमा परेका छन् ।








