काठमाण्डाै,१४ जेठ ।
सरकारकाे आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम शनिबार बसेको संसद्को बैठकले पारित गरेको हो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको घोषणा गरे । यसअघि शनिबारकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए ।
प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो १ बजे बस्ने छ । सरकारले भाेली जेठ १५ गते आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ ।






