काठमाडौं,१३ जेठ ।
प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुश्पकमल दाहाल प्रचण्डले आज जवाफ दिने कार्यतालिका रहेको छ ।
बैठक आज अपरान्ह ४ बजेका लागि बाेलाइएकाे छ ।
प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो ।
नीति कार्यक्रम पारित गर्ने तयारीमा रहेकोका बेला एमालेको अवरोधका कारण बैठक आज आज अपरान्ह ४ बजेसम्मका लागि स्थगित भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रधानमन्त्रीले जवाफ दिएपछि यही जेठ ५ गते संसदमा पेश भएको नीति तथा कार्यक्रम पारित हुनेछ ।






