काठमाडौँ,१२ जेठ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो ।
यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
महर्जनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखेको थियो ।
महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।






