काठमाण्डाै,१२ जेठ ।
देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज लुम्बिनी,गण्डकी र मधेस प्रदेश प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/ दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

विगत २४ घण्टामा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो भने गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी परेको थियो । गण्डकी प्रदेशका एक/दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ । अन्य प्रदेशमा भने अहिले बिहानको मौसम आंशिकदेखि समान्य बदली छ । पानी परेको छैन । धेरैजसो ठाउँमा घाम लागेको छ ।

तर, दिउँसोको समयमा मौसम बदली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार काठमाण्डौ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकाले दिउँसो पानी पर्ने मौसमविद्ले बताएका हुन् ।