काठमाण्डाै,११ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेल बाटो खाली नगराइकन भोटो जात्रामा सहभागी भएका छन् ।
भोटो जात्रा अवलोकनको लागि राष्ट्रपति पौडेल ललितपुरको जावालखेल पुगेका हुन् ।
यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर सवारी हुने गरेकोमा साे परम्परा ताेड्दै राष्ट्रपति पौडेल बाटो खाली नगराइकन भोटो जात्रा अवलोकनको लागि जावलाखेल पुगेका हुन् ।
राष्ट्रपतिमा नियुक्त हुनेबित्तिकै उहाँले आफ्नो सवारीको बेला नागरिकलाई दु:ख नदिन निर्देशन दिएका थिए । सरकारले पनि सवारी व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गर्ने बताएको थियो । आज काठमाण्डौ उपत्यकाकै सबैभन्दा लामो तथा ऐतिहासिक जात्रा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम रहेको छ ।






