चितवन,८ जेठ ।
नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक विभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेकाे छ ।