काठमाडौं, ८ जेठ ।
संघीय संसदका दुवै सदनमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुदैछ ।
नीति तथा कार्यक्रममाथिकाे छलफलका लागि प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रतिनिधि सभामा आयतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।





