काठमाण्डाै,८ बैशाख ।
आज पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिए ।
यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक/दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले बताए ।
उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन । यसले गर्दा गर्मी बढेको छ ।
भोलि र पर्सि भने मौसम बदली भई एक/दुई ठाउँमा पानी पर्ने अनुमान छ ।









