काठमाण्डाै,६ जेठ
अर्थमन्त्री डा.प्रकाशशरण महतले कुनै व्यक्ति र व्यवसायी विशेषका लागि आफूले करका दर हेरफेर नगर्ने बताएकाे छ । शनिवार आज सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले यस्तो बताएका हुन ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्रै करका दर हेरफेर नगर्ने प्रतिबद्धता जनाउदै उनले समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर करका दर हेरफेर हुने बताए ।

उनले भने, ‘कुनै पनि हालतमा नीतिगत भ्रष्टाचार, त्यसको फाइदा उठाउने काम मेरो हातबाट हुँदैन, समग्रमा देशको अर्थतन्त्रलाई मध्यनजर गरेर हुन्छ, एउटा व्यक्ति, एउटा व्यवसायीका लागि करका दरहरु हेरफेर हुँदैनन् ।’

साथै, उनले नेपालभित्र नै रोजगारी र उच्च शिक्षाको अवसर सिर्जना गर्न आवश्यक रहेको बताउदै उनले युवाहरुको ऊर्जा र क्षमतालाई देशभित्रै प्रयोग हुनेकुरा बजेटको प्राथमिकतामा पर्ने बताए ।

उनले नेपाली उद्योग व्यवसायलाई प्राथमिकता राख्नेकुरामा ध्यान दिने बताए । अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफू इमानदार भएर काम गर्ने पनि बताए ।

बजेट कार्यान्वयनको कुरा नै मुख्य विषय रहेको भन्दै उनले बजेट आइसकेपछि क्यालेण्डर बनाएर नै काम हुने बताए । अर्थमन्त्री महतले ऋण भुक्तानीको दायित्वबाट सरकार भाग्न नमिल्ने र नभाग्ने बताए ।