काठमाण्डाै,६ जेठ ।
गैँडाकाे आक्रमणबाट चितवनकाे भरतपुरमा-१७ नारायणचोकमा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेका छन् ।
पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा आज बिहान गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनकाे उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे । सामान्य घाइते भएका ५७ वर्षीय टङ्कनाथ रेग्मी भने उपचारपछि घर फर्किएकाे प्रहरीले जनाएकाे छ ।






