बुटवल,६ जेठ ।
चलचित्र पत्रकार संघको २४ औ स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ रुपन्देहीले २ जना पत्रकारलाई सम्मान गरेको छ ।
शनिबार बुटवलमा एक कार्यक्रमकाबीच दिबंगत पत्रकार स्व. एन बी कंडेलको स्मृतिमा एन बी चलचित्र पत्रकारिता पुरष्कार तथा नवोदित चलचित्र पत्रकारिता पुरष्कार प्रदान गरेको हो ।
संघले बिगत २५ बर्षदेखि कला मनोरंजन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार टीआर शर्मा ( टोपराज)लाई एनबी चलचित्र पत्रकारिता पुरष्कार २०७९ बाट सम्मान गरेको छ ।
उक्त पुरस्कारको राशी नगद रु १० हजार रहेको छ ।
त्यस्तै नवोदित चलचित्र पत्रकारिता पुरष्कारबाट खस्यौली साप्ताहिकका सम्पादक बिरेन्द्र कुवरलाई प्रदान गरिएको छ ।
उनिहरूलाई बरिस्ठ गायिका देविका बन्दना र दिवंगत पत्रकार एन बी कंडेल पत्नी मन्जु कंडेल लगायतले नगदसहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बन्दनाले चलचित्र पत्रकार र कलाकारबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताइन् ।
उनलेे सम्मान हुने सबैलाई बधाई दिदै यस्तो सम्मानले पत्रकार र कलाकारको सम्बन्ध झन् नजिक हुने बिश्वास ब्यक्त गरिन् ।






