काठमाण्डाै,५ जेठ ।
पहाडी क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने सम्भावना रहेको माैसमविद्ले बताएका छन् । प्रि-मनसुनका गतिविधि सक्रिय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा अबका केही दिन बेलुकीपख पानी पर्ने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै कारण दिउँसो पछि हावाहुरी, मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले बताए ।

तराईका धेरैजसो क्षेत्रमा लामो समयदेखि पानी परेको छैन । आज पनि बिहानैदेखि तराईका जिल्लामा घाम चर्किएको छ ।

काठमाण्डौसहित पहाडी जिल्लाका केही ठाउँमा मौसम बदली भइ हल्का वर्षा भइरहे पनि तराईमा लामो समयदेखि पानी परेको छैन । तराईमा आज पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार तराईका धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना छैन ।