काठमाडौं,३ जेठ ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको भाडादर घटेकाे छ ।
यातायात व्यवस्था विभागले यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको हो । विभागले बुधबार सूचना जारी गरी इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडा समायोजन गरिएको जनाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ४.६५ प्रतिशतले घटेको बिभाग छ ।





