काठमाडौ,१ जेठ ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधान) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची छ ।

आजको बैठकमा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरूषोत्तम बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गर्ने अर्को कार्यससुचि रहेको छ ।