काठमाण्डाै,१ जेठ ।
आज पनि दिउँसो पछि देशका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसमविद् बताएका छन् ।
देशका पहाडी क्षेत्रमा भने वर्षाकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका धेरै ठाउँमा अहिले घाम लागे पनि दिउँसो पछि भने मौसम बदली भइ हावाहुरीसहित धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजर लामिछानेले जानकारी दिए ।
हिजो पनि दिउँसो पछि मौसम बदली भइ धेरैजसो ठाउँमा हावाहुरी लागेको थियो । काठमाण्डौ उपत्यकासहित एक/दुई ठाउँमा पानी पनि परेको थियो । तर, रातिदेखि मौसम सुधार हुँदै अहिले बिहान घाम लागेको हो ।
आज दिउँसो पछि फेरि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली भइ हावाहुरीसहित पानी पर्ने मौसमविद् लामिछानेले बताए । विशेषगरी आज र भोलि पहाडी क्षेत्रका केही ठाउँमा दिउँसो पछि पानी पर्ने सम्भावना छ । तराईका जिल्लामा भने खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।
हावाहुरी भने धेरैजसो ठाउँमा लाग्ने अनुमान छ । मौसमविद् लामिछानेका अनुसार नेपालमा मोखा नामक चक्रवातको असर भने देखिएको छैन ।









