नवलपरासी,१ जेठ ।
नवलपरासी पूर्वकाे नन्दपुरमा न्युराे टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा मध्यबिन्दु नगरपालिका–२,कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटे रहेका छन् ।
उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा न्युरो टिप्न जाँदा नारायणी नदीले बगाएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
हिजाे बेलुका नदीले बगाएर बेपत्ता भएका दुवैकाे शव गए राति फेला परेकाे पाठकले बताए ।






