काठमाडौ,३० बैशाख ।
नेकपा एमालेको केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।
तीन दिन बसेको बैठकले १६ बुँदे प्रस्ताव पारित गरेको हो।
जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो।
प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ।
बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ ।
यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायमाझीबारे केही बाेलेकाे छैन ।






