काठमाडौं,२९ वैशाख ।
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।

शुक्रबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि शिक्षक र सरोकारवालाहरु माइतीघरमा ब्‍यानर पर्चा र पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।

पम्प्लेटमा बालशिक्षा शिक्षकलाई प्राथमिक तृतीय सरह तलबभत्ता दिनुपर्ने, संघीय शिक्षा ऐन अबिलम्ब जारी गर्नुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्नेजस्ता माग अगाडी सारेका छन् ।

माइतीघरमा शिक्षकसहितको प्रदर्शन भइरहँदा सिंहदरवारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन संसदमा पेस गर्ने बताए । उनले संसदको चालु अधिवेशनमै उक्त ऐन ल्याउने जानकारी दिए ।