काठमाडौं,२८ वैशाख ।
भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका छन् ।
सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै सत्तारुढ विद्यार्थी संगठनहरूले प्रदशर्न गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्तरुपमा रत्नराज्य क्याम्पसमा प्रदर्शन गर्दै कोही पनि भ्रष्टाचारीलाई उम्किन दिन नहुने बताएका छन् ।

अनेरास्ववियूकी महासचिव आरती लामाले अहिले सरकारले चलाएको अभियान नरोकियोस भनेर प्रदर्शन गरिएको बताइन् ।

विद्यार्थीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार भएका एमाले नेता टोपबहादुर रायमाझीलाई तत्काल पक्राउ गर्न मागसमेत गरेका थिए ।