काठमाडौं,२५ वैशाख ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको परिषदका एक सदस्यले जानकारी दिए ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएका थिए । उनी उमेर हदका कारण अवकाश भएपछि ११ असोज २०७९ मा कामु प्रधानन्यायाधीशको भूमिकामा थिए ।