काठमाण्डौं,२४ बैशाख ।
नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री सुरेन्द्रराज आचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागीता रहेको थियोे ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवलाई जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्रीको जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।






