बिराटनगर,२२ बैशाख ।
संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।
दुर्घटनामा भविन गुरुङकाे मृत्यु भएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौँ लगिएको डीआईजी बास्तोलाले जानकारी दिए ।
पाइलट सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई काठमाडौँ ल्याएपनि अर्का सामान्य घाइते भएका विक्रम शंकरको भने खाँदबारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
*







