काठमाडौं,२० वैशाख ।
नेपालमा बुधबार थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५३२ नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

३३६ पीसीआर परीक्षण गर्दा २७ र २,१९६ एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको २२० रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ ।