काठमाडौँ, १६ वैशाख ।
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार उपचारका क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ३५ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । जसमध्ये २७ जना संस्थागत आइसोलेसनमा, आठ जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।






