काठमाडौं,१५ वैशाख ।
नेपालमा शुक्रबार थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ९२५ जनाको नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ । जसमध्ये २६ जना संस्थागत आईशोलेशनमा, ८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा ५३ जना निको भएर घर फर्किइसका छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।






