काठमाडौँ,१५ बैशाख ।
आज देशका पहाडी भू-भागमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकोले हाल कोशी प्रदेश, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। भोलि पनि देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।