काठमाडौं,१४ वैशाख ।
नेपालमा बिहिबार थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ५१७ जनाको नमुना परीक्षण गर्दा १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ७८ जना र १ हजार ४७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी १११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट बिहीबार थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या ३७८ जना पुगेको छ । जसमध्ये संस्थागत आईशोलेशनमा १८ जना, आईसीयूमा ६ जना र १ जना भेन्टिलेटरमा उपरचाररत रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबार मात्र ६० जना कोरोना संक्रमित निको भएर घर फर्किइसकेका छन् ।
संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।






