काठमाण्डाै,१३ बैशाख ।
कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्युु हुनेको संख्या १२ हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार छ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६५ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।