काठमाण्डाै,१२ बैशाख ।
आज दिउँसो पछि मौसम सामान्य बदली भइ काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको अनुमान छ ।
स्थानीय वायुसँगै पश्चिमी वायु सक्रिय रहेकाले दिउँसो पछि भने बदली हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले धेरै ठाउँको मौसम आंशिक बदली छ ।
हिजो पानी परे पनि काठमाण्डौमा आज घाम लागेको छ । अहिले काठमाण्डौको मौसम आंशिक बदली रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा पनि अहिले घाम लागेको छ ।