तनहुँ,१२ बैशाख ।
तनहुँ क्षेत्र नं १ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९७ मतले पछिपार्दै वाग्ले विजयी भएका हुन् । ।
वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी भट्टराईले २० हजार १२२ मत ल्याए । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेकाे निर्वाचन कार्यालयले जनाएको छ ।
तनहुँ १ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६५ हजार २९२ मत खसेको थियो ।
गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मत ल्याउँदै विजयी भएका थिए । पाैडेल राष्ट्रपति भएपछि तनहुँ–१ मा उपचुनाव भएको हो ।






