काठमाडौं,११ वैशाख ।
नेपालमा साेमबार थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ । जसमध्ये २९ जना संस्थागत आईसोलेशनमा,४ जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।






