r]lsËdf s8fO{ e/tk'/, !) j}zfv M lrtjg If]q gDj/ @ df cfh cfOtaf/ eO/x]sf] pklgjf{rgsf] ;'/Iffsf nflu vl6Psf ;'/IffsdL{ e/tk'/sf] rf}la;sf]7Ldf ;jf/L;fwgsf] r]lsË ub{} . tl:j/M s[i0f cfrfo{÷/f;;

चितवन,१० बैशाख ।
चितवन र तनहुँका सडकमा लामो र छोटो दूरीका सबै गाडी चलाउन रोक लगाइएको छ ।

बारामा भने लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । चितवन र तनहुँमा पर्ने पृथ्वी र पूर्व पश्चिम राजमार्ग लगायतका मुख्य सडक र अरु सहायक सडक खण्डमा भने अत्यावश्यक बाहेक कुनै पनि गाडी चलेका छैनन् ।

आज बिहान ६ बजेदेखि चितवनको क्षेत्र नम्बर–२ छुने सडक खण्ड धादिङ र नवलपरासीमा गाडी रोकिएका छन् । नवलपरासीतर्फ गैँडाकोट, रजहर र कावासोतीमा पनि गाडी रोकिएका छन् । त्यस्तै, मकवानपुरको हेटौँडा भएर चितवन चल्ने गाडीलाई पनि रोकिएको छ । बेलुका ६ बजेपछि मात्रै गाडी चल्ने ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक सेवाका गाडी एम्बुलेन्स, फोहर उठाउने, दूध बोक्ने तथा अनुमति लिएका गाडी भने चलेका छन् ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार पूर्व सूचना दिएर आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चितवन–२ मा पर्ने राजमार्ग एवं भित्री सडकमा गाडी चलाउन रोक लगाइएको हो । चितवन–२ मा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पर्छन् ।

राजमार्ग भएर पूर्व र पश्चिम जाने र काठमाण्डौ–पोखरातर्फ जाने लामो दूरीका गाडी चल्न नपाउँदा यात्रु मर्कामा परेका छन् । तर बेलुका ६ बजेपछि सार्वजनिक गाडी चल्न पाउनेछन् । यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीसहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिनुभयो ।

बारामा भने पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीरगञ्ज राजमार्गमा लामो दूरीका गाडी सञ्चालन गर्न दिइएको छ । अरू गाडी भने बन्द छन् । बारामा नेपाल–भारत ६५ किलोमिटर सीमानाका पनि बन्द गरिएको छ । आज चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान भइरहेकोले ती क्षेत्रमा भने सडकमा गाडी सञ्चालनमा रोक लगाइएको हो ।