काठमाडौं,८ वैशाख ।
वैशाख १० गतेकाेका लागि ताेकिएकाे स्नातक तह प्रथम वर्षका सबै परिक्षा बैशाख १६ गते हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु बैशाख १६ गतेका लागि सारेको हो ।
वैशाख १० गते उपनिर्वाचन हुन लागेकोले सो दिनका लागि तय भएका सबै परीक्षा वैशाख १६ गतेलाई सारिएको त्रिविले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले एक सुचना जारी गरि वैशाख १० गते सन्चालन हुने भनिएका सबै परीक्षा वैशाख १६ गते सन्चालन हुने जनाएको हो । सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सन्चालन हुने पनि सूचनामा उल्लेख छ ।
वैशाख १० गते तनहुँ १, चितवन २ र बारा २ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यही दिन बिहान ७ बजे व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा त्रिविले तोकेको थियो ।







