बुटवल,७ बैशाख ।
कलेज बसको ठक्करबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सैनामैना १ सुन्दरपथ बस्ने ७५ वर्षीय साइकलयात्री बाबुराम अर्याल रहेका छन् ।

उनलाई बुटवलको तामनगरस्थित रम्बादेवी कलेजको बसले बुधबार सैनामैना नगरपालिका–१ बनकट्टास्थित सडकमा ठक्कर दिँएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लु १ क १३८५ नम्बरको उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।