काठमाडौं,६ बैशाख ।
संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।
आजको बैठकमा सहमति नजुटेको र अर्काे बैठक बसेर प्रधानन्यायाधीश सिफारिस टुंग्याइने निर्णय भएको बैठकमा सहभागी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए । तर बैठक कहिले बस्ने भन्ने टुंगो नलागेको उनले बताए ।
वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।
महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि १४ महिनादेखि सर्वोच्च न्यायालय कामुको भरमाचोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश रहेका छन् । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।






