काठमाण्डौ,४ बैशाख ।
नेपालमा सोमबार थप एक सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार छ सय ३२ जनाको नमुना परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ६० जना कोरोना संक्रमित निको भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन सय ७९ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा २६ हजार छ सय ७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।