काठमाण्डौ,३ बैशाख ।
नेपालमा थप ९९ जनामा कोरोना भाइरसको संक्रक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार छ सय चार जनाको नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५० जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रक्रमण बढ्दै गएको र संक्रक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेकाले सतर्कता उपनाउन डाक्टरहरूले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेका तथा अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको जानकारी दिए ।

डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा लगाउन पनि आग्रह गरेका छन् । कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि उनको सुझाव छ । डा. पुनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति बेहोर्न नपर्ने बताए ।