बुटवल,३ बैशाख ।
नेपाली नयाँ वर्ष २०८० को अवसरमा होटल द एसआरद्वारा आयोजित विशेष लोक सांस्कृतिक कार्यक्रम प्रभावकारी भएको होटलले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ ड्राइभर टोलमा रहेको साे होटलले नयाँ वर्ष २०८० को अवसरमा अन्य क्षेत्रभन्दा फरक लोक तथा दोहोरी सांगितिक कार्यक्रम गरिएकोमा प्रभावकारी भएको होटलकाे दाबी छ ।
कार्यक्रमको उद्घाटन गर्दै होटल द एसआरका अध्यक्ष शंकर बस्यालले अन्य सस्थाले ब्याण्ड तथा पप गितलाई जगेर्ना गरेको अवस्थामा द एसआर होटलले नेपाली लोक सस्कृतीलाई संरक्षण गर्दै लोक सास्कृतिक कार्यक्रम गरेको बताए । उनले यो नेपाली शस्कृतीलाई जोगाउन यस्ता कार्यक्रम प्रभावकारी रहने बताए ।
होटलका ब्यवस्थापक लक्ष्मण बञ्जाडेले आगामी वर्षहरुमा पनि होटलमा हुने कार्यक्रमहरुमा लोक सास्कृतिक भाकालाई संरक्षण गर्ने बताउदै यो कार्यक्रमलाई वार्षिक रुपमा निरन्तरता दिने बताए ।
कार्यक्रममा जनप्रतिनिधि तथा एव ५ सय ५० जना सहभागीहरुले लोक सस्कृती संगै मनोरञ्जन लिएको ब्यवस्थापक बञ्जाडेले बताए ।
चैत ३० गते साँझ ७ बजेबाट सुरु भएको कार्यक्रम राती १२ बजे नया वर्षको शुभकामना आदानप्रदान संगै सकिएको उनलेे बताए ।
कार्यक्रममा लोक गायक खुमन अधिकारी,लोक गायिका टीका सानु, गायक दिपु मगर, नृत्य कलाकार सुशीला नेपाली र हास्य कलाकार विष्णु पाण्डेय(माईला बा)ले मनोरञ्जन प्रदान गरेका थिए ।
प्रतिव्यक्ति ९९९ रुपैयाँमा अनलिमिटेड भेज/ननभेज बुफे डिनर उपलब्ध गराइएको हाेटलले जनाएको छ ।
२०७५ सालमा स्थापना भएको होटलमा ५० जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन ।






