बुटवल,२ बैशाख ।
रुपन्देहीको सियारी ७ अमुवामा रहेको पलाष्टिक उद्योगमा आगलागि हुदा लाखाै रूपया बराबरको धनमाल क्षति भएको छ ।

अमुवामा रहेको जय पलाष्टिक ईण्ड्रिटिज प्रालिमा आगलागि भएको हो । आज बिहान साढे ४ बजेतीर लागेको आगलागि बिहान साढे ६ बजेतीर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

बुटवल, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाबाट गएका तीनवटा दमकलको सहायतामा प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

आगलागीबाट उद्योगमा रहेको पिभिसि पाईप लगाएतका तयारी अबस्थाका उत्पादन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताइएको छ । उद्योगमा पलाष्टिकका बोटल, ढक्कन लगाएतका बस्तुको पनि उत्पादन हुने गरेको थियो ।

के कारणले आगलागि भएको हो र क्षतीको यकिन बिवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।